कमेडी र सस्पेन्स फोकस ‘पोइ पर्यो काले’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’को ट्रेलर रिलिज भएको छ । कार्तिक ८ गते रिलिज हुने फिल्मको ट्रेलरमा कमेडी र सस्पेन्सलाई फोकस गरिएको छ ।

शिशिर राणाको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त जस्ता चर्चित कलाकारको अभिनय छ । फिल्मको शिर्ष गीतले सोचे जस्तो सफलता नपाए पनि ट्रेलरबाट दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ ।

ट्रेलरले सौगात मल्लको पत्नी को भन्ने भ्रम पैदा गर्छ । उनि दुलाहा र पूजा/सृष्टि दुलहीको भेषमा देखिनुले दर्शक अलमलमा पर्छन । यसलाई निर्माण पक्षले फिल्मको बलियो पक्ष भनिरहेको छ ।

रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा राजीव गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीले लगानी गरेका छन् ।

अर्जुन पोखरेल र लालबहादुर खतिको संगीत रहेको फिल्ममा किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राई, गोपाल नेपाल (छन्दे), राजेन्द्र नेपाली (लट्टे)लगायतले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्