‘आमा’को फस्टलुकमा सुरक्षाको यस्तो अवतार



रंगखबर, काठमाडौँ – मिथिला शर्मा र सुरक्षा पन्त अभिनित फिल्म ‘आमा’को फस्टलुक पोस्टर आउट भएको छ । सामाजिक कन्टेन्टमा निर्मित फिल्मको पोस्टरमा सुरक्षा र मिथिलालाई स्थान दिइएको छ ।

पोस्टरमा सुरक्षाको अवतार भिन्न छ । चिताको अगाडी उनले कपाल मुण्डन गरेकी छन् । नेपाली समाजमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ । सम्भवत: फिल्मको कथा यहि मान्यताविरुद्द हुने पोस्टरले सङ्केत गर्छ ।

फागुन ९ गते रिलिज हुने फिल्मको शिर्ष भूमिकामा मिथिला छन् । भने, सुरक्षाले छोरीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको पनि अभिनय छ ।

डीएस डिजिटलको ब्यानरमा निर्मित फिल्ममा शर्मिला पाण्डेको लगानी छ । भने, सह-निर्मातामा सन्तोष अधिकारी छन् । फिल्मलाई ‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा उनकै लेखन तथा छायाँकन पनि छ ।

प्रतिक्रिया दिनुहोस्