ऋतिक र टाइगरको ‘वार’ले तोड्यो बलिउडका सबै रेकर्ड



रंगखबर, काठमाडौँ – ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म ‘वार’ले घरेलु बक्सअफिसमा आँधी ल्याएको छ । एक्सन ड्रामाले पहिलो दिनको व्यापारमा सम्पूर्ण रेकर्ड तोड्दै ५३.३५ करोडको ओपनिङ गरेको छ ।

यसअघि बलिउडको ठुलो ओपनर ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड पनि फिल्मले भत्कायो । आमिर खान स्टार ‘ठग्स अफ हिन्दोस्तान’ले ५०.७५ करोडको ओपनिङ गरेको थियो । ‘वार’को हिन्दी भर्सनको कमाई मात्रै ५१.६० करोड छ । भने, तामिल र तेलुगुमा १.७५ करोडको व्यापार गरेको छ ।

हिन्दी भर्सनको व्यापारमा सर्वाधिक ठुलो ओपनिङ गरेको हलिउड फिल्म ‘एभेन्जर्स: इन्डगेम’लाई पनि ‘वार’ले पछाडी छोडेको छ । ‘एभेन्जर्स’ले यसै वर्ष ५३.१० करोडको व्यापार गरेको थियो ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’, अब बलिउड र हिन्दी भर्सनमा सर्वाधिक ठुलो ओपनिङ गर्ने फिल्म बनेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले दुई दिनमै सय करोडको आँकडा छुन सक्छ । फिल्ममा ऋतिक र टाइगरका अलावा वाणी कपूर, आशुतोष रानाको पनि मुख्य भूमिका छ ।

‘साइरा नरसिम्हा रेड्डी’को व्यापार ठिक-ठाक

‘वार’सँगै रिलिज भएको तेलुगु फिल्म ‘साइरा नरसिम्हा रेड्डी’ले हिन्दी भर्सनमा सन्तोषजनक ओपनिङ गरेको छ । चिरन्जीवी स्टारर फिल्मको हिन्दी कमाई २.६० करोड छ । भने, अन्य भर्सनको व्यापारिक रिपोर्ट आइसकेको छैन ।

सुरेन्द्रर रेड्डी निर्देशित फिल्ममा चिरन्जीवीका अलावा, अमिताभ बच्चन, किच्चा सुदीप, जगपति बाबु, नयनतारा, रवि किशन, तमन्ना भाटियालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्