खोला विरुद्द मुद्दा हाल्ने ‘घामड शेरे’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली फिल्मले गाउँघरकै नयाँ-नयाँ कथा पर्दामा पस्किन थालेका छन् । कार्तिक ८ गते रिलिज हुने फिल्म ‘घामड शेरे’ले पनि यस्तै नयाँ र रोचक कथा प्रस्तुत गरेको छ ।

सोमबार सार्वजनिक फिल्मको ट्रेलरमा मुख्य पात्र ‘घामड शेरे’ अर्थात निश्चल बस्नेतले आफ्नो जग्गा बगाएको पिडामा खोलाविरुद्द मुद्दा हाल्छन । विदेशबाट कमाएको पैसाले तरकारी खेति गर्न जग्गा किन्छन । तर, जाली विचौलियाको कारण उनको मेहनतको पैसा खोलाको बगरमा पर्छ । विचौलियालाई समात्न कुनै प्रमाण नभेटे पछि उनले खोलाविरुद्द नै मुद्दा हाल्ने निर्णय गर्छन ।

निर्माण पक्षले यसलाई नेपाली गाउँघर मै घटेको सत्य घटना भनेको छ । जसको लागी आवश्यक अनुसन्धान गरेको मुख्य कलाकार निश्चलले जानकारी दिए । फिल्मको कथा, पटकथा र निर्देशन हेमराज बिसीको हो । उनले आफ्नो जन्मथलो सुर्खेत र छिमेकी जिल्ला सल्यानमा फिल्म खिचेका छन् ।

फिल्ममा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । स्वस्तिमालाई निश्चलको सालीको भूमिकामा प्रस्तुत गरिएको छ । भने, पत्नीको रुपमा सुष्माले अभिनय गरेकी छन् ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्मलाई निर्देशक बिसी र सिमोश सुनुवारले निर्माण गरेका हुन् । भने, कार्यकारी निर्मातामा नरेन्द्रविक्रम बुढा क्षेत्री छन् ।

प्रतिक्रिया दिनुहोस्