असोज मै चार फिल्म ब्लकबस्टर



रंगखबर, काठमाडौँ – असोज र कार्तिक महिना नेपालमा फिल्म रिलिजको लागी उत्तम महिना मानिन्छन । यी महिनामा ठुला चाड दशैँ र तिहारको विदा पर्ने भएकाले नेपाली दर्शक हलसम्म पुग्छन । दशैँ र तिहारको विदा खान मेकरहरु मरिहत्ते गर्छन ।

अर्को वर्षको दशैँलाई लक्षित गरेको थुप्रै फिल्म घोषणा भैसकेका छन् । दशैँको व्यापार कतिसम्म राम्रो हुन्छ, भन्ने जान्नलाई यहि असोजलाई फर्केर हेर्दा हुन्छ । असोज मै नेपाली बक्सअफिसमा चार वटा फिल्मले ब्लकबस्टरको व्यापार गरे ।

३ गते रिलिज भएको ‘कबड्डी कबड्डी कबड्डी’ले महिना भरिमा १३.५० करोडको व्यापार गरेको निर्माण पक्षले बताएको छ । यस्तै १५ गते रिलिज भएको बलिउड फिल्म ‘वार’को व्यापार पनि उत्साहजनक भयो । यो फिल्मले पनि १० करोड माथिको व्यापारिक अंक छुन सफल भयो ।

अब कुरा गरौँ, हलिउड फिल्म ‘जोकर’को । मल्टीप्लेक्समा मात्र रिलिज भएको यो फिल्मले २ करोड माथीको व्यापार गरिसकेको छ । अहिले पनि उच्च अकुपेन्सीका साथ प्रदर्शन भैरहेको फिल्मको व्यापार ब्लकबस्टर हो ।

२४ मा रिलिज भएको ‘छ माया छपक्कै’ असोज महिनामा उत्कृष्ट व्यापार गर्ने अर्को फिल्म हो । राम्रो अकुपेन्सीका साथ प्रदर्शन भैरहेको फिल्मले सुरुवाती ४ दिनसम्म ५ करोड माथीको व्यापार गरिसकेको निर्माण पक्षको दावी छ ।

यहि महिनामा रिलिज भएका ‘रातो टिका निधारमा’, ‘काले दाई’ र ‘शिवम’ जस्ता फिल्मले भने लगानी उठाउन असफल रहे । ‘रातो टिका निधारमा’ यस वर्षको प्रतिक्षित फिल्म थियो ।

प्रतिक्रिया दिनुहोस्