फिल्म ‘हिजो आजका कुरा’मा सन्तोषदेखि रिमासम्म



रंगखबर, काठमाडौँ – टेलिभिजनमा झन्डै १८ वर्ष सफलताका साथ प्रशारण भएको धाराबाहिक ‘हिजो आजका कुरा’ अब बिग स्क्रिनको लागी निर्माण हुने भएको छ । हाँस्यशृंखला निर्माण कम्पनी पन्त फिल्मस् प्रोडक्सनले शुक्रबार यहिँ नाममा फिल्म घोषणा गरेको हो ।

सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहने फिल्मलाई साकार पन्तले निर्देशन गर्नेछन् । फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यको मुख्य भूमिका रहनेछ । भने, विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।

‘कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा फिल्म निर्माण हुनेछ । फिल्मको कथा निर्देशक साकार र कलाकार सन्तोषको हो । यसलाई पटकथामा सन्दीप किस्नाले ढालेका छन् ।

तिहार पछाडी फ्लोरमा जाने फिल्ममा सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्