‘पोइ पर्यो काले’बाट आशावादी पूजा र आकाश



फिल्म ‘पोइ पर्यो काले’को टिम यति बेला प्रचारको लागी मोफसल कुदिरहेको छ । चितवन पुगेको टिमले त्यहाँ प्रेसमिट सम्पन्न गरेको छ ।

‘पोइ पर्यो काले’मा काम गर्नुको पहिलो कारण नै कथाबस्तु रहेको, चितवन पुगेकी अभिनेत्री पूजा शर्माले बताइन । लगातार लभस्टोरी फिल्म गरिरहेकी पूजाले आफुलाई बलियो बनाउन कमेडी जनरामा पनि हात हालेको जिकिर गरिन । साथै, अभिनेता आकाश श्रेष्ठसँग नाम जोडिएर आएजस्तो आफु प्रेममा नपरेको दावी गरिन् । उनले भनिन् ‘हाम्रो केमेस्ट्री रुचाउनु भएकाले लगातार फिल्म गरिरहेका छौँ । त्यही कारण बजारमा प्रेमको हल्ला चलिरहेको छ ।’

यस्तै अभिनेता आकाश श्रेष्ठले पनि भिन्न जनराको फिल्ममा काम गर्दा चुनौतीको सामना गर्नु परेको बताए । दर्शकलाई नयाँपन दिन खुबै मेहनत गरेको बताउने आकाशले दर्शकको मायाको अपेक्षा गरे ।

निर्देशक शिशिर राणाले ‘पोइ पर्यो काले’लाई सामाजिक कथाबस्तुको कमेडी फिल्म भने । मानिसको बाहिरी आवरण भन्दा पनि मन सफा हुन् जरुरी छ, भन्ने खालको संदेश फिल्मले दिने उनले बताए ।

कार्तिक ८ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई सिनेमाकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्