एनआरएनएको नयाँ कार्यसमितिलाई श्वेताको बधाई तथा सम्मान



रंगखबर, काठमाडौँ – श्वेताश्री फाउन्डेसनले गैह्र आवसिय नेपाली संगठन ‘एनआरएनए’को नयाँ कार्यसमितिलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ । संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा अभिनेत्री श्वेता खड्काले पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिन ।

कार्यक्रममा श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको नमुना माझी बस्तिको पछिल्लो विवरणको जानकारी पनि गराइएको थियो । माझी बस्तिको पहिलो चरणको काम सकिएको छ । दोस्रो चरणको कार्यको लागी अपुग रकममा सहयोग गरि हातेमालो गर्न श्वेताले अनुरोध गरिन ।

कार्यक्रममा उपस्थित केहि प्रवासीले नेपालीहरुले फाउन्डेसनलाई सहयोगको घोषणा पनि गरे । पदाधिकारीलाई बधाई तथा सम्मान व्यक्त गर्दै श्वेताले सहयोगको लागी धन्यवाद प्रकट गरिन । यस्तै संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले पनि सरकारी तवरबाट कुनै पनि सहयोग चाहिए आफू सहयोग गर्न तयार भएको बताए ।

कुमार पन्तको अध्यक्षतामा साता अगाडी मात्रै ‘एनआरएनए’को चुनाव सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्