रंगखबर, काठमाडौँ – सुर्य इन्टरनेशनल अवार्डले आफ्नो दोसो संस्करणको टप ३ मनोनयन सार्वजनिक गरेको छ । नोभेम्बर २४ मा जापानको टोकियोमा आयोजना हुने समारोहमा फिल्म र संगीत तर्फका ६/६ विधामा अवार्ड वितरण गरिनेछ ।
मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको मनोनयनमा फिल्म तर्फको ६ विधामा ‘प्रसाद’ र ‘छक्का पन्जा ३’ सर्वाधिक ३/३ विधामा मनोनित भएका छन् । भने, ‘ए मेरो हजुर ३’ दुई विधामा मनोनित छ । यस्तै ‘बोबी’, ‘क्याप्टेन’, ‘लभ स्टेशन’, ‘कायरा’, ‘रामकहानी’, ‘यात्रा’, ‘जय भोले’, ‘गोपी’, ‘पण्डित बाजेको लौरी’ र ‘नाइँ नभन्नु ल ५’ समान १/१ विधाको मनोनयनमा परेका छन् ।
१५ सय सिट क्षमताको नाकानो जिरो हलमा आयोजना हुने समारोहमा अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट प्रदान गरिनेछ । यस्तै एक दशक लामो योगदान दिएका फिल्मकर्मी र एक फिल्मपत्रकारलाई पनि सम्मान गरिने आयोजक बताएको छ ।
समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीको विधामा पनि अवार्ड वितरण गरिनेछ । कार्यक्रमको आधिकारिक प्रस्तोतामा संचारकर्मी नरेश भटराई छनोट भएका छन ।
अवार्डको मनोनयन सार्वजनिक गर्ने कार्यक्रममा एपीएफका प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, दीपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।
फिल्म तर्फको मनोनयन
फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा ३ – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट
निर्देशक
बोबी – मिलन चाम्स
ए मेरो हजुर ३ – झरना थापा
छक्का पन्जा ३ – दीपाश्री निरौला
अभिनेता
प्रसाद – विपिन कार्की
क्याप्टेन – अनमोल केसी
लभ स्टेशन – प्रदीप खड्का
अभिनेत्री
प्रसाद – नम्रता श्रेष्ठ
कायरा – साम्राज्ञी राज्यलक्ष्मी शाह
रामकहानी – पूजा शर्मा
सह-अभिनेता
छक्का पन्जा ३ – केदार घिमिरे
यात्रा – सलोन बस्नेत
जय बोले – बुद्दि तामाङ
सह-अभिनेत्री
गोपी – वर्षा राउत
पण्डित बाजेको लौरी – सन्ध्या केसी
नाइँ नभन्नु ल ५ – नीरुता सिंह
संगीत तर्फको मनोनयन
पप गायक
कमल खत्री – तिम्रो मायाले
संजीव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन
पप गायिका
टिका प्रसाई – कर्के नजर
इन्दिरा जोशी – रेलिमाई
त्रिशाला गुरुङ – यो मन
आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४
आधुनिक गायिका
मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना
लोक गायक
कुलेन्द्र बिक – सालको पात
खुमन अधिकारी – चौंध अञ्चल ससुराल
पशुपति शर्मा – गाह्रो हुन्छ फेरी
लोक गायिका
सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
बिष्णु माझी – सालको पात