मिस्टर नेपाली ट्रेलर: भुवनसँग साहिलको टकराव



रंगखबर, काठमाडौँ – लामो समय पछि अभिनेता भुवन केसी अभिनयमा फर्किएको फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनको दोहोरो चरित्र प्रस्तुत गरिएको छ ।

उनको वृद्द अवस्था र युवाअवस्थालाई निर्देशक देव भुषाल देखाउन खोजेका छन् । फिल्ममा निर्देशक भुषाल कै कथा र पटकथा छ । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीति माथि टेकेर हुने शोषण आदि कथाबस्तुलाई फिल्म उठाएको छ ।

फिल्ममा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको पनि अभिनय छ । साहिल श्रेष्ठ र कुसुम राउतले यहि फिल्मबाट अभिनय यात्रा थालनी गरेका छन् । साहिललाई ट्रेलरमा राम्रो स्थान दिइएको छ । भुवनसँग उनको टकराव देखाइएको छ ।

प्रेमराज दाहालले निर्माण गरेको फिल्म कार्तिक २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्