ऋचालाई विवाहको ‘ब्याचलोरेट पार्टी’



रंगखबर, काठमाडौँ – नजिकका मिल्ने साथीले अभिनेत्री ऋचा शर्मालाई विवाहको ‘ब्याचलोरेट पार्टी’ दिएका छन् । पोखरामा अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की र फेसन डिजाइनर सिंवागी प्रधानलगायतले उनलाई विवाहको शुभकामनासहित पार्टी दिएका हुन् ।

सेतो पहिरणमा सजिएका सबैले मस्ती गरेको फोटोमा देख्न सकिन्छ । ऋचा आफैले पार्टीको फोटो इन्स्टाग्रामको स्टोरीमा शेयर गरेकी थिइन् ।

सम्भवत: ऋचाको विवाहले यहि मंसीरमा हुनेछ । तर, विवाहको मितिबारे ऋचाले अहिलेसम्म मुख खोलेकी छैनन् ।

यसै वर्ष विवाह गर्ने बताए पनि ऋचाले विहेबारे कुनै पनि जानकारी साझेदारी गरेकी छैनन् । लामो समयदेखि ऋचा दिपेक्ष्य राणाको प्रेम रहेको मिडियाले खबर सम्प्रेषण गर्दै आइरहेका छन् ।

पछिल्लो समय रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायकको भूमिका निर्वाह गरिरहेकी ऋचाको ‘हिजो आजका कुरा’ छिट्टै फ्लोरमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्