महाशिवरात्रीमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’



रंगखबर, काठमाडौँ – सामाजिक अभियन्ता धुर्मुस-सुन्तली स्टारर फिल्म ‘सेन्टी भाइरस’ले रिलिज मिति तय गरेको छ । फस्टलुक पोस्टरमा फिल्मको रिलिज डेट फागुन ९ छापिएको छ । महाशिवरात्रीको अवसरमा नेपाली हलमा ‘सेन्टी भाइरस’ लाग्नेछ ।

सार्वजनिक पोस्टरमा सिताराम कट्टेल (धुर्मुस)को गम्भीर लूक्स देखाइएको छ । उनको अनुहारले समाज भित्रको खबरदारी झल्काउँछ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्ममा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)सँगै दयाहाङ राई विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय छ ।

कुमार कट्टेल र दीपक आचार्यद्वारा लिखित फिल्ममा राजनराज सिवाकोटी/कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत छ ।

डिन्डु लामा ह्योल्मोको लगानीमा नाफा उठेको रकमबाट २० प्रतिशत सामाजिक कार्यमा खर्च गरिने निर्माण पक्षले बताएको छ । फिल्मका सह-निर्माता फुर्पा लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्