फिल्मको गीतमा भिटेनको र्याप



रंगखबर, काठमाडौँ – पछिलो समय युवापुस्ता माँझ र्यापर भिटेन (समीर घिसिङ) लोकप्रिय छन् । यिनका सार्वजनिक गीतले बजार पनि मज्जैले पिट्ने गरेका छन् । यिनकै लोकप्रियतालाई क्यास गर्न फिल्म ‘सरौतो’ टिमले उनिसँग सहकार्य गरेको छ ।

उसले प्रमोसनल गीत भिटेनलाई गाउन दिएको हो । आफ्नै शब्द र संगीत समावेश गीतमा भिटेन स्वयम् फिचर्ड छन् । भने, फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामाले उनलाई साथ दिएका छन् ।

फिल्मको थिममा तयार गीतले भिटेनलाई फरक अन्दाजमा देखाउने निर्देशक हरी हुमागाईंले बताएका छन् । कार्तिक २२ गते रिलिज हुने भनिएको फिल्म अब १३ मंसीरमा  रिलिज हुँदैछ ।

फिल्ममा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, विजय लामा, धिरेन शाक्य, युवराज लामालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

शृजना जोशी र लक्ष्मीकुमारी तामाङले लगानी गरेको फिल्ममा राघव कृष्ण गौतमको कथा/पटकथा/संवाद, उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी/पुष्पन प्रधान/कमल खत्रीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्