किन बोलाइयो ‘घामड शेरे’को आकस्मिक प्रेसमिट ?



रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘घामड शेरे’ निर्माण कम्पनिले चर्चित राजनीतिज्ञहरुसँग माफी मागेको छ । पछिल्लो समय फिल्मको नाम जोडेर सामाजिक संजालमा राजनीतिज्ञहरुको धज्जी उडाउने गरि बनेका ट्रोलप्रति निर्माण पक्षको ध्यानाकर्षण भएको हो ।

बुधबार बोलाइएको आकस्मिक प्रेसमिटमा सामाजिक संजालमा आइरहेका ट्रोलसँग सिनेमाको कुनै सम्बन्ध नरहेको प्रष्ट पारिएको छ । निर्माण कम्पनि बिसी मोसन पिक्चर्सले विज्ञप्तिमा भनेको छ ‘कथाको मुख्य पात्र शेरेको चरित्र, व्यवहार र कार्यशैलीसमेत राजनीतिक व्यक्तित्वसँग मेल खाँदैन ।’

साथै, कम्पनिले राजनीतिक क्षेत्रका अग्रज व्यक्तिवहरुमा पर्न गएको असर र असुविधा प्रति पनि माफी मागेको छ । र, सामाजिक संजाल प्रयोगकर्तालाई यस्तो काम नगर्न पनि आग्रह गरिएको छ ।

हेमराज बिसीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मले एक घामड पात्रको जीवनमा आउने भोगाइको कथा बोल्छ । फिल्मको केन्द्रिय पात्रमा निश्चल छन् । उनको व्यवहार र हर्कत घामड किसिमका छन् । खोला विरुद्द मुद्दा हालेको प्रसंगले फिल्मलाई हाइपमा पुर्याएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । स्वस्तिमाले निश्चल को सालीको भूमिका निर्वाह गरेकी छन् । भने, सुष्मा पत्नीको भूमिकामा छिन् ।

https://youtu.be/qYLN7SauGmA

प्रतिक्रिया दिनुहोस्