‘सरौतो’मा समावेश भिटेनको गीत रिलिज



रंगखबर, काठमाडौँ – लोकप्रिय र्यापर भिटेन (समीर घिसिङ)को नयाँ गीत सार्वजनिक भएको छ । उनले मंसीर १३ गते रिलिज फिल्म ‘सरौतो’को लागि प्रमोसनल गीत गाएका हुन् ।

प्रहरी गिरफ्तार पछि उनको यो पहिलो कोशेली हो । आफ्नै शब्द, संगीतमा तयार गीतमा स्वयम् फिचर्ड छन् । भने, फिल्मका कलाकार सुमी मोक्तान र विजय लामाले साथ दिएका छन् ।

भिटेनले फिल्मको लागी पहिलो पटक गाएका हुन् । हरी हुमागाईं र उत्तम हुमागाईंले खिचेको गीतमा समीर गुरुङको सम्पादन, कलर र भिएफएक्स छ ।

हरी हुमागाईं निर्देशित फिल्मको प्रमुख कलाकार सुमी हुन् । उनलाई एक्सन लेडीको रुपमा प्रस्तुत गरिएको छ । भने, विजय लामा युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीले पनि फिल्ममा अभिनय गरेका छन् ।

लक्ष्मीकुमारी तामाङले निर्माण गरेको फिल्ममा श्री महर्जनको सहलगानी छ । भने, शृजना जोशी महर्जन कार्यकारी निर्मात्री हुन् ।

प्रतिक्रिया दिनुहोस्