पैसा कमाउन बाङ्गो उपाय ‘१२ सत्ताइस’ ट्रेलर



रंगखबर, काठमाडौँ – अधिकाँस युवा कलाकारले अभिनय गरेको फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ । जोन योञ्जन निर्देशित फिल्मको ट्रेलर पूर्णत कमेडी छ ।

पैसा कमाउन १२ सत्ताइस व्यवहार नै अपनाउनु पर्ने मूल मन्त्र बोकेको फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय छ ।

‘नाइँ नभन्नु ल ५’बाट डेब्यु गरेका अभिषेकको यो दोस्रो फिल्म हो । पहिलो फिल्म सफल भएपनि अभिषेकले खास तारिफ बटुल्न सकेका थिएनन् ।

रेणु राना, दीपक खतिवडा र रुपक थापा मिलेर निर्माण गरेको फिल्ममा दीपक आरजेको संगीत, अनिश श्यांग्देनको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।

निर्देशक स्वयम्को लेखनमा निर्मित फिल्म मंसीर २७ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्