रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीले आगामी फिल्मको जानकारी बाँडेका छन् । २०२० मा रिलिज हुने उनका दुई फिल्म छन् ।
होम प्रोडक्सनको ‘एन्टी हिरो’ र झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ४’ उनको इन्स्टाग्राम स्टोरीमा अटाएका छन् । साम्तेन भुटियाले निर्देशन गर्ने ‘धुपौरे’ उनको पाइपलाइनमा छैन ।
साता अगाडी ‘धुपौरे’बाट अनमोलले हात झिकेको खबर बाहिरिएको थियो । निर्देशकले यस खबरलाई गलत भनेपनि अनमोलको स्टोरीले यो खबरको पुष्टि गरिदिएको छ ।
तत्कालमा लागि ‘धुपौरे’ नबन्ने पुष्टि भएको छ । तर, यो फिल्मबारे अनमोलले आधिकारिक बोली फुटाएका छैनन् ।
‘ए मेरो हजुर ३’को सफलता पछि अनमोलको कुनै फिल्म रिलिज भएका छैनन् ।