‘गुड न्युज’ ट्रेलरमा विर्य ट्रान्सफर हुँदाको द्वन्द्व



रंगखबर, काठमाडौँ – अभिनेता अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्युज’को ट्रेलर रिलिज भएको छ । आइभिएफ टेक्नोलोजीमा आधारित यस फिल्ममा दिलजित दोसान्झ र कियाराको पनि मुख्य भूमिका छ ।

यी चार कलाकारको वरिपरी घुम्ने फिल्मको ट्रेलर रोचक बनेको छ । डिसेम्बर २७ मा रिलिज हुने फिल्मको निर्देशन राज मेहताले गरेका हुन् ।

के हो कथा ?

दुई जोडी (बत्रा भर्सेस बत्रा) को कथामा अक्षय-करीना र दिलजित-कियाराको दाम्पत्य जीवन प्रस्तुत गरिएको छ । यी दुई जोडी सन्तान प्राप्तिको लागि  ‘इन भिट्रो फर्टिलाइजेशन’को साहारा लिन्छन ।

दुई दम्पतिको एउटै थरको कन्फ्युजनले गर्दा डाक्टरले दुवैको विर्य साटीदिन्छन । करीनामा दिलजीतको र कियारामा अक्षयको विर्य ट्रान्सफर हुँदा मुख्य पात्रमा द्वन्द्व पैदा हुन्छ ।

कन्फ्युजनका बीच अगाडी बढ्ने फिल्म कमेडीमा प्रस्तुत गरिएको छ । लामो समय पश्चात पर्दामा देखिन लागेको अक्षय र करीनाको केमेस्ट्री ट्रेलरमा सुन्दर देखिएको छ । फिल्मको कथा अद्वितीय छ ।

अक्षयको चौथो सिनेमा

यो वर्ष अक्षयको करिअर उत्कृष्ट गतिमा छ । तीन फिल्म रिलिज हुँदा अक्षय वर्षकै सर्वाधिक सफल अभिनेतामा उभिएका छन् । ‘केसरी’, ‘मिसन मंगल’ र ‘हाउसफुल ४’ले ५ सय ५० करोड माथिको व्यापार गरिसकेका छन् ।

‘गुड न्युज’ले अक्षयको हिस्सामा अरु सय करोडको कलेक्सन थपिदिने ट्रेडको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्