परमिता र नीताको ‘दि कर्मा’ माघमा



रंगखबर, काठमाडौँ – माघ १७ लाई रिलिज तोक्दै फिल्म ‘दि कर्मा’को पोस्टर रिलिज गरिएको छ । देवकुमार श्रेष्ठ निर्देशित फिल्मले नेपाल-भारत सिमानामा हुने घटनालाई प्रस्तुत गर्छ ।

सार्वजनिक पोस्टरमा फिल्ममा मुख्य कलाकार नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र डेब्यु व्वाय करण वर्मा प्रस्तुत छन् । भारतीय मोडल वर्माले ‘दि कर्मा’बाट नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।

सुशील पोखरेलको पटकथा, संवाद रहेको फिल्ममा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्मको कथा जयराज रायको हो । उनि फिल्मका निर्मातासमेत हुन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा श्रीदेव बीएल र निशा खतिवडाको पनि लगानी छ । भने, शारदा खड्काले लगानीमा साझेदारी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्