‘चपली हाइट ३’को शुभसाइत, पहिलो शृंखला जस्तै सफल बन्ला ?



रंगखबर, काठमाडौँ – राष्ट्रिय अवार्ड विजेता अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने फिल्म ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । मंगलबार उपत्यकाको कार्यविनायक मन्दिरमा फिल्मको टिमले शुभ कार्यको सुरुवात गर्यो ।

निकेश खड्काले निर्देशन गर्ने फिल्ममा स्वस्तिमासँगै सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ । सस्पेन्स थ्रिलर जनराबाट प्रतिक र महेशले डेब्यु गर्दैछन् ।

अर्जुन कुमारको निर्माणमा बन्ने फिल्म ५ मंसीरदेखि छायाँकनमा जानेछ ।

सन् २०१२ को ‘चपली हाइट’ सुपरहिट सावित हुँदा निर्माता कुमारले चार वर्ष पछि ‘चपली हाइट २’ निर्माण गरे । रिलिज पुर्व ठुलो हाइप बनाएको फिल्म बक्सअफिसमा नराम्ररी चिप्लियो ।

दोस्रो शृंखला असफल भएपनि कुमार तेस्रो शृंखलाको लिएर फ्लोरमा जाँदैछन । पछिल्लो समय सिरिज निर्माणको कार्य बढेको छ । त्यसैले निर्माता कुमार ‘चपली हाइट’ सिरिजमा जोखिम उठाउन तयार भएका हुन् ।

अब हेर्न बाँकी छ, निर्माता कुमारले यो शृंखलाबाट पहिलोको जस्तै सफलता हाँसिल गर्लान् ?

प्रतिक्रिया दिनुहोस्