दुई साता अगाडी नै बिराजको ‘साङ्लो’



रंगखबर, काठमाडौँ – फागुन ९ मा रिलिज हुने भनिएको बिराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ दुई साता अगाडी नै प्रदर्शन हुने भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा माघ २४ रिलिज डेट राखिएको छ ।

सार्वजनिक पोस्टरमा बिराजसँगै नव-अभिनेत्री निकिता चाण्डक पनि फिचर्ड छिन् । दुवैको रोमान्टिक अवतारलाई पोस्टरमा समेटिएको छ । फिल्मको पहिलो गीत यसै विहिबार सार्वजनिक हुँदैछ ।

सुरुवातमा ‘साङ्लो’ले कार्तिक १५ रिलिज डेट तय गरेको थियो । त्यसपश्चात फागुन ९ मा पुगेको फिल्म पुन: दुई साता अगाडी हच्केको छ । माघ २४ मा कुनै पनि हालतमा फिल्म रिलिज हुने निर्देशक र निर्मातास्वयम् रहेका अभिनेता भट्टले जानकारी दिए ।

मृगौला तस्करीको कथामा निर्मित फिल्ममा काश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्