पुन: तुहियो आर्यनको आशा, लगातार ६ फिल्म फ्लप



रंगखबर, काठमाडौँ – चकलेटी अभिनेता आर्यन सिग्देललाई बक्सअफिसमा पुन: झट्का लागेको छ । उनि अभिनित पछिल्लो फिल्म ‘च च हुई’ बक्सअफिसमा चप्लिएको छ ।

रोमान्टिक-कमेडी जनराबाट आर्यनले ठुलो आशा बोकेका थिए । तर, मंसीर ६ गते रिलिज भएको ‘च च हुई’मा दर्शक संख्या पहिलो दिनदेखि नै न्यून रह्यो । यतिसम्म की पहिलो विकेन्डमै देशभर दर्शक नभएर कैयौँ शोज रद्द भएका समाचार पनि आए ।

यो फिल्म फ्लप भएपछी आर्यनको स्टारडम फर्काउने दाउ पुन: तुहिएको छ । यसै वर्ष रिलिज भएको ‘हजार जुनीसम्म’बाट पनि आर्यन आशावादी थिए । तर, फिल्म फ्लप भयो । यी दुवै फिल्म समिक्षात्मक रुपमा पनि ध्वस्त मानिए । न त आर्यनको कामले नै प्रशंसा पाउन सक्यो ।

आर्यनको पछिल्लो सफल फिल्म २०१६ मा रिलिज भएको ‘क्लासिक’ थियो । यो फिल्मले लगानी उठाएको भनिएता पनि निर्मातालाई उच्च फाइदा पुर्याएन ।

‘क्लासिक’ पछि आर्यनका ‘आवेग’, ‘होमवर्क’, ‘रुद्रप्रिया’, र ‘कायरा’ फ्लप भएका छन् । अब लगातार फ्लप फिल्मको अंक ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्