‘साङ्लो’ गीत रिलिज, यस्तो देखियो विराज र निकिताको जोडी



रंगखबर, काठमाडौँ – अभिनेता विराज भट्ट र निकिता चाण्डक अभिनित फिल्म ‘साङ्लो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चरीले काफल’ बोलको गीतमा यी दुईको केमेस्ट्री झल्किएको छ ।

राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मिलन नेवारसँगै संगीतकार सिवाकोटीको स्वर छ । आकर्षक सेटिङमा खिचिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

‘मिस नेपाल – २०१७’को उपाधि जितेपछि निकिता चाण्डकले अभिनय गरेको यो नै पहिलो फिल्म हो । यसअघि ‘रानीमहल’ नामक फिल्ममा अनुबन्धित भएपनि उक्त फिल्म पुरा हुन् सकेन । त्यसैले निकितालाई रंगीन पर्दामा हेर्ने चाहना लम्बिएको थियो ।

विराजकै निर्देशन तथा निर्माण रहेको ‘साङ्लो’मा निकितालाई काम गर्ने अवसर जुर्यो । अन्तत: रिलिज गीतमा निकिताले आफुलाई राम्रोसँग उतारेकी छन् ।

माघ २४ गते रिलिज हुने फिल्ममा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय छ ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।

प्रतिक्रिया दिनुहोस्