पूजा र आकाशको ‘सम्झना बिर्सना’मा छुल्ठिमको प्रवेश



रंगखबर, काठमाडौँ – भारतको सिलिगुडीमा छायांकन भैरहेको फिल्म ‘सम्झना बिर्सना’मा अभिनेत्री छुल्ठिम गरुङको प्रवेश भएको छ । फिल्मको मुख्य भूमिकामै छुल्ठिमलाई अनुबन्धित गरिएको निर्माण पक्षले बताएको छ ।

निमेष प्रधानको निर्देशनमा सुटिङ भैरहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । पूजा र आकाशको यो चौथों सहकार्य हो । ‘रामकहानी’, ‘पोइ पर्यो काले’ र ‘सम्हालिन्छ कहिले मन’मा यो जोडीले सहकार्य गरिसकेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले लगानी गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि अभिनय रहनेछ ।

आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको फिल्मलाई शिव ढकालले खिचिरहेका छन् । प्रेमकथानक फिल्मलाई भारतको वेस्ट बेंगलका रमणीय स्थानमा खिचिदैछ ।

प्रतिक्रिया दिनुहोस्