रंगखबर, काठमाडौँ – सुमी मोक्तानको केन्द्रिय भूमिका रहेको फिल्म ‘सरौतो’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । फिल्मलाई हरी हुमागाईंले निर्देशन गरेका हुन् ।
बदलाको कथामा सुमीसँगै सन्नी सिंह, युवराज लामा, विजय लामालगायतको पनि मुख्य भूमिका छ । नारी एक्सन प्रधान फिल्म सुमीको काँधमा टिकेको छ । उनले फिल्मको कथा बोकेकी छन् ।
रिलिज अगाडीको औसत हाइपले फिल्मको इनिसियल बक्सअफिस पनि औसत हुने अनुमान छ । यदि ‘वर्ड अफ माउथ’ बलियो भैदिएमा फिल्मको बक्सअफिस यात्रा लम्बिनेछ ।
यस्तै यो साता प्रेमकथानक फिल्म ‘लभ यू हमेशा’ पनि रिलिज भएको छ । भास्कर प्रधान निर्देशित सिनेमाको हाइप औसत भन्दा कम छ । त्यसैले बक्सअफिसमा खास प्रदर्शन नदेखिने ट्रेडको अनुमान छ ।
फिल्ममा यशराज गरच, ऋचा थापा, शिशिर राणा, फिजालगायतका कलाकारको अभिनय छ ।
राजु गिरी निर्देशित ‘मखमली मखमली’ रिलिज भएपनि यसबारे दर्शक खासै जानकार छैनन् । किनकी, शुक्रबार यो फिल्म प्रचार-प्रसार बिनै उत्रिएको छ ।
विदेशी फिल्म अन्तर्गत हलिउडको ‘द एडम फ्यामिली’ र बलिउडको ‘कमाण्डो ३’ पनि नेपाली बक्सअफिसमा रिलिज भएका छन् ।