‘तिमिसँगै हुने मन छ’मा पल र निराजन अनुबन्धित, दीपिकासँग पलको जोडी ?



रंगखबर, काठमाडौँ – दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘तिमिसँगै हुने मन छ’मा अभिनेता पल शाह र मोडल निराजन प्रधान अनुबन्धित भएका छन् । निर्देशक भट्टराईले दुई कलाकारको अनुबन्धबारे खबर पुष्टि गरेका छन् ।

लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा यसअघि दीपिका प्रसाईं र रविन्द्र झा कलाकारको रुपमा तय भैसकेका थिए । पल र निराजनको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्दै गएको छ । सम्भवत: फिल्ममा पल र दीपिकाले पहिलो पटक जोडी बाँध्नेछन् । यसबारे निर्माण पक्षले केहि खुलाएको छैन ।

पलले ‘हृदय भरी’ र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकाएका छन् । यस्तै म्युजिक भिडियोमा व्यस्त निराजनले लामो समयपछि फिल्ममा काम गर्न लागेका हुन् । केहि वर्ष अगाडी निराजन अभिनित ‘जालो’ प्रदर्शनमा आएको थियो । जो बक्सअफिसमा फ्लप सावित भयो ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने ‘तिमिसँगै हुने मन छ’मा निर्देशक भट्टराईकै निर्माण रहनेछ । भट्टराई निर्देशित पछिल्ला दुई फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ले राम्रो चर्चा कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्