मंसीर २१ मा ऋचाको विवाह



रंगखबर, काठमाडौँ – अन्तत: अभिनेत्री ऋचा शर्माको विवाह लगन जुरेको छ । अभिनयमा पोख्त यी अभिनेत्रीले मंसीर २१ गते व्यापारी दिपेक्क्ष विक्रम राणासँग लगनगाँठो कस्नेछिन् ।

२ वर्षदेखिको प्रेमलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् । राणा ललितपुरमा अवस्थित लाबिम मलको म्यानेजर पदमा छन् । मंगलबार ऋचा स्वयमले फेसबुकमा कार्ड सार्वजनिक गर्दै विवाहको बारेमा जानकारी दिइन । विवाहको लागि शुभकामना दिने शुभचिन्तकलाई उनले धन्यवाद पनि व्यक्त गरिन् ।

२०७१ सालमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’बाट राष्ट्रिय अवार्ड जितेकी ऋचाको पछिल्लो रिलिज फिल्म ‘न यता न उता’ थियो । जो बक्सअफिसमा डिजास्टर सावित भयो ।

अहिले कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को जज रहेकी ऋचाको ‘हिजो आजका कुरा’ पाइपलाइनमा छ ।

प्रतिक्रिया दिनुहोस्