ऋचाले कसिन लगनगाँठो



रंगखबर, काठमाडौँ – अभिनेत्री ऋचा शर्माले लगनगाँठो कसेकी छन् । आज प्रेमी दिपेक्ष विक्रम राणासँग ऋचाले विवाह गरेकी हुन् ।

राजधानीमा सम्पन्न विवाह समारोहमा ऋचाको नजिकका आफन्त र कम मात्रामा फिल्मकर्मी बोलाइएको थियो । विवाह पश्चात ऋचाले दिपेक्षसँगको फोटो सामाजिक संजालमा अपलोड गरेकी छन् ।

उनले क्याप्सनमा लेख्छिन ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् । -ऋचा शर्मा र दिपेक्ष बिक्रम राना’ । राणा लाबिम मलका जनरल म्यानेजर हुन् ।

दुई वर्षदेखि प्रेममा रहेको यो जोडीले मंसीर २१ मा परिवार साची राखेर विवाह सम्पन्न गरेको हो । मंसीर २६ गते ऋचाले राजधानीमा विवाह भोज आयोजना गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्