गोंगबुमा ‘आई. एन. आई.’को दोश्रो मल्टीप्लेक्स संचालन



रंगखबर, काठमाडौँ : काठमाडौँ  स्थित गंगबुमा अत्याधुनिक सुभिधा सम्पन्न  आई. एन. आई. हल संचालनमा आएकोछ । नयाँ बस पार्क भित्र अवस्थित लोत्से मलमा हलको बिहिबार उद्घाटन  गरिएको छ । हलको समुद्घाटन रिवन काटी लोत्से मल तथा लोत्से ईन्टरटेमेंटका अध्यक्ष दिपक कुवरद्वारा गरिएको थियो।

मलको छैठौ तल्लामा रहेको हलमा २४० सीट क्षयमताका दुई ओटा सिनेमा कक्षहरु रहेका छन् । आई. एन. आई.ले पहिलो पटक नेपालमा नयाँ प्रविधि जी. डी. ए.  सर्वर  भित्राएको छ। जसमा उच्च स्तरिय प्रोजेक्शन हुनुका साथै दर्शकको पूर्ण आरामदायी अनुभवको लागि साज सज्जा, सुबिधा सँग सँगै सुरक्षाको पनि ध्यान दिएको छ। उत्घाटनको अवसरमा नेपाली कथानक चलचित्र माछा -माछा र हिन्दी चलचित्र कमान्डो प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्