यस्तो छ ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत



रंगखबर, काठमाडौँ : सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म  ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ ।  ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा  पूजा शर्मा र  पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । उक्त गीत नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा छायाँकन गर्न ७ दिन लागेको थियो । उक्त छायांकित गीतमा पूजा शर्मा र पल शाह रोमान्टिक देखिएका छन् ।

गीत हेर्नुस : 

५ सय कोरस नृत्यांगनाहरु प्रयोग गरिएको गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन् । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा सुदर्शन थापा र पूजा शर्मा निर्माताका रुपमा  रहेका छन् भने जन्मजय साम्पाङ राई सह–निर्माता रहेका छन् ।  शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन रहेको छ।

फिल्ममा पुजा र पलका साथमा दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्म आउँदो फागुन २३ गतेबाट अल नेपाल रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्