रंगखबर, काठमाडौँ: दर्जिलिङ्गबाट छायांकन सुरु भै सकेको फिल्म ‘चालबाज’मा नँया अनुहार थपिएका छन। यस अघि नव-नायक अविनाश प्रधान फाईनल भै सकेका फिल्ममा अविनाशले घरायसी कारण देखाउदै फिल्मबाट हात झिकेपछि नायक पुष्प खड्का भित्रिएका हुन्। अबभने फिल्ममा केकीले पुष्प खड्कासँग स्क्रिन सेयर गर्ने पक्का भएको छ। उनले शुक्रबार निर्माण टिमका साथ सम्झौता गरेका छन।
केकी र पुष्पका अलावा अब फिल्ममा बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको अभिनय देखन सकिनेछ । सौरभ इन्टरटेनमेन्ट र बलाली प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मलाई कैलाश राईले निर्देशन गर्दैछन् । फिल्ममा अरुण तामाङको लगानी, सौरभ लामाको छायांकन , दीपक शर्मा र ओम गुरुङको संगीत तथा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ ।