‘१२ सत्ताईस’को शिर्ष गीत सार्वजनिक



रंगखबर, काठमाडौँ :  फिल्म  ‘१२ सत्ताईस’ को १२ सत्ताइस बोलको  गीत सार्वजनिक भएको छ । गीतमा दिपक आर.जे. र गिरिस खतिवडाको स्वर , प्रकाश मल्ल को शब्द र दिपक आर.जे. को संगीत रहेको छ । लाइट कमेडी जनरामा निर्माण भएको फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।

 

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । फिल्मका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ । फिल्ममा अनिश स्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ । फिल्म  माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्