बधाई : रक्षा सिंह राणा चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा निर्वाचित



रंगखबर, काठमाडौँ: नेपाल चलचित्र निर्देशक समाजको हिजो सम्पन्न निर्वाचनबाट नयाँ कार्य समिति गठन भएको छ । शनिबार सम्पन्न भएको चलचित्र निर्देशक समाजको निर्वाचनमा रक्षा सिंह राणा अध्यक्ष पदमा निर्वाचित भएकी छिन भने महासचिवमा जनकदिप पराजुली चुनिएका छन् । सर्वसम्मतमा गठबन्धनको समूह द्वारा रक्षा सिंह राणालाई अध्यक्ष पदमा निर्वाचित गराउन सफल भएको छ ।

यसैगरी प्रथम उपाध्यक्ष राजेन्द्र कुमार उप्रेती र द्वितीय उपाध्यक्ष पदमा राजु अधिकारी चुनिएका छन् । सचिवमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् भने कोषाध्यक्ष समुन्द्र भट्ट निर्बिरोध सर्वसम्मत निर्वाचित भइन् । सह कोषाध्यक्ष हरि सिलवालनिर्बिरोध सर्वसम्मत भएका थिए । कार्य समिति सदस्यहरुमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने पनि निर्बिरोध सर्वसम्मत चुनिएका छन् ।
अध्यक्ष पदका लागि रक्षा सिंह राणासँग सुचित्रा श्रेष्ठ, लक्ष्मण रिजाल र शेखर खनाल पराजित् भएका हुन् भने महासचिव पदका लागि समिर बलामी र दिनेश लिंगदेन पनि पराजित भए ।

 

प्रतिक्रिया दिनुहोस्