कार्तिकको अगाडी फिक्का अर्जुन



रंगखबर, काठमाडौँ – फिल्म ‘पति पत्नी और वो’ र ‘पानीपत’ एकै दिन बक्सअफिसमा रिलिज भएका थिए । एतिहासिक कथामा निर्माण भएको ‘पानीपत’ र सामाजिक कथामा निर्माण भएको ‘पति पत्नी और वो’ बीच कडा टक्कर हुने देखिएको थियो ।

जब बक्सअफिसमा दुवै फिल्म रिलिज भए, तब सोचेजस्तो प्रतिस्पर्धा बक्सअफिसमा देखिएन । ८५ करोडको बजेटमा निर्माण भएको ‘पानीपत’ ४० करोडको बजेटमा निर्मित ‘पति पत्नी और वो’को अगाडी फिक्का देखियो ।

प्रदर्शनको १२ औँ दिनसम्म ‘पानीपत’ले जम्मा ३० करोड मात्र कमाएको छ । भने, ‘पति पत्नी और वो’ले ७३ करोड कमाइसकेको छ ।

कार्तिक आर्यन, भुमि पेंडेकर, अनन्या पाण्डे स्टारर ‘पति पत्नी और वो’ले लगानी उठाएर नाफाको बाटोमा दौडीसकेको छ । भने, ‘पानीपत’ लगभग बक्सअफिसबाट आउट भैसकेको छ । ट्रेडका अनुसार अर्जुन कपूर, संजय दत्त, कृति सेनोन स्टारले ‘पानीपत’ले लाइफटाइम ३२ करोडसम्म कमाउन सक्छ ।

८५ करोड बजेटको फिल्मले बक्सअफिसमा ५० करोड माथिको घाटा बेहोर्ने निश्चित छ । उता ‘पति पत्नी और वो’ले ८० करोडसम्मको व्यापार गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्