‘अर्जुन रेड्डी’को नेपाली भर्सन बन्ने कम्फर्म



रंगखबर, काठमाडौँ – तेलुगुको लोकप्रिय फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने कम्फर्म भएको छ । युवा फिल्मस् कम्पनिले ‘अर्जुन रेड्डी’ निर्माण कम्पनि भद्रकाली पिक्चर्ससँग फिल्मको राइट लिएको छ ।

अमेरिकामा दुई कम्पनि बीच नेपाली राइटको सम्झौता पत्रमा हस्ताक्षर गरिएको युवा फिल्मस्का केशव खड्का र आशिष श्रेष्ठले जानकारी दिए । भद्रकाली पिक्चर्सका प्रणय रेड्डीसँग नेपाली रिमेकको लागि सम्झौता भएको हो ।

सन्दीप भंगाले निर्देशन गरेको ‘अर्जुन रेड्डी’ले तेलुगु भर्सनमा ५१ करोडको कारोबार गरेको थियो । विजय देवराकोन्डा स्टारर फिल्म ५ करोड भारुमा निर्माण भएको थियो ।

गत वर्ष निर्देशक सन्दीपले शाहिद कपूरलाई लिएर हिन्दी रिमेक ‘कबिर सिंह’ निर्माण गरेका थिए । ६० करोडमा बनेको फिल्मले घरेलु बक्सअफिसमा मात्रै २ सय ७८ करोड कमाएको थियो ।

यसैको लोकप्रियतालाई हेरेर युवा फिल्मस् रिमेकको लागि अग्रसर भएको हो । तेलुगु र हिन्दी भर्सन हेरिसकेका दर्शक माँझ नेपाली रिमेक उत्कृष्ट बनाउन निक्कै चुनौती रहेको आशिष र केशवले बताए ।

फिल्मको कास्ट एण्ड क्रु केहि दिनमै प्रेसमिट मार्फत सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ । यसअघि ‘सफर’ नामक नेपाली फिल्म निर्माण गरेको युवा फिल्मस्ले अमेरिकामा ‘कबड्डी’ र ‘पुरानो डुंगा’को सफल प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्