दाङ शाखामा शिव पुनको नेतृत्व



‘चलचित्र पत्रकार संघ नेपाल’ दाङ शाखाको चौथों अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिव पुन अध्यक्ष पदमा सर्वसम्मत चुनिएका छन् ।

पुनको कार्यकाल तीन वर्षको रहनेछ । उनि यसअघि संघको कोषाध्यक्ष पदमा थिए ।

यस्तै संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पूर्ण केसी, सह-सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमामा तीर्थराज चौधरी, सदस्यमा भुपेश वली, मिना खड्का, राजेश खत्री र आशिष केसीसहितको नौं सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

दाङ शाखाका निवर्तमान अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष डा. अमर गिरी मुख्य अतिथिको रुपमा उपस्थित थिए । भने, संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौलालाई विशिष्ठ अतिथिको रुपमा निम्त्याइएको थियो ।

चौथों अधिवेशनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘देवलोचन रंगपत्रकारिता पुरस्कार’बाट सन्तोष केसीलाई पुरस्कृत गरिएको थियो ।

अधिवेशनमा सरिक हुन राजधानीबाट दाङ पुगेका केन्दीय उपाध्यक्ष दिनेश सिटौलाले मोफसलमा रंगपत्रकारिता प्रसंशनीय रहेको बताए । ‘हाम्रो विधान अनुसार काम गरिरहेका छौँ । यसैगरी अन्य शाखाको पनि अधिवेशन सम्पन्न गर्नेछौँ ।’ सिटौलाले भने ।

प्रतिक्रिया दिनुहोस्