‘लभ डायरिज’ टिजर रिलिज, भ्यालेन्टाइनमा सुशील र रुबिनाको प्रेमकथा



रंगखबर, काठमाडौँ – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ७ सेकेण्ड लामो टिजरले प्रेम बोल्छ ।

दुई संवाद समावेश टिजरले प्रेम र विछोडको कहानी संकेत गर्छ । टिजरमा सुशीलसँगै रुबिना थापा मात्र अटाएका छन् । फिल्मका अर्का मुख्य कलाकार विश्वजित रिमाललाई निर्माण पक्षले लुकाएको छ ।

सौरभ चौधरी निर्देशित फिल्म फागुन २ मा भ्यालेन्टाइनको अवसर पारेर रिलिज हुँदैछ । फिल्मका कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

फिल्ममा शाहील खानको सह-निर्देशन, संजय लामाको छायांकन, दिर्घ खड्काको सम्पादन र अर्जुन पोखरेलको संगीत छ ।

यसअघि सार्वजनिक फिल्मका दुई गीतले औसत चर्चा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्