रेखाको नयाँ फिल्ममा दया र सौगात, रोकियो रेनषासँगको प्रोजेक्ट



रंगखबर, काठमाडौँ – केहि समय अगाडी अभिनेत्री रेखा थापाले निर्देशक तथा कोरियोग्राफर रेनषा वान्तवा राईसँगको सहकार्यमा फिल्म बनाउने घोषणा गरेकी थिइन् । स्क्रिप्ट लेखनको चरणमा रहेको अनटाइटल प्रोजेक्ट रेनषाले निर्देशन गर्ने पक्का थियो ।

तर, अब उक्त प्रोजेक्ट तत्कालका लागि रोकिने भएको छ । रेखाले होमप्रोडक्सनबाट नयाँ अनटाइटल प्रोजेक्ट घोषणा गरेकी छन् । उनले फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र दयाहाङ राईलाई पनि अनुबन्धित गरिसकेकी छन् ।

सबिर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा रेखासँग पहिलो पटक सौगात र दयाहाङले स्क्रिन शेयर गर्नेछन् । प्रि-प्रोडक्सनको फिल्मको पटकथा जगदिश्वर थापाले लेखिरहेका छन् ।

चैत अन्तिमदेखि छायांकनमा जाने फिल्मलाई आगामी वर्षको लक्ष्मीपूजामा रिलिजको लक्ष्य राखिएको छ । फिल्मको विषयबस्तु र पुरा कास्ट एण्ड क्रुबारे निर्माण पक्षले खबर बाहिर ल्याएको छैन ।

रेखासँगको सहकार्य रोकिएपछि रेनषा होमप्रोडक्सनको ‘आइ एम ट्वान्टी वान’को तयारीमा रहको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्