‘ए मेरो हजुर’ सिरिजमा सलोनको ह्याट्रिक



रंगखबर, काठमाडौँ – फिल्म ‘ए मेरो हजुर ४’मा अभिनेता सलोन बस्नेत फाइनल भएका छन् । झरना थापाले निर्देशन गर्ने फिल्ममा यसअघि नै अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा लिडमा फाइनल भैसकेका थिए ।

सलोनको इन्ट्रीसँगै ‘ए मरो हजुर ४’को लाइनअप बलियो बनेको छ । श्रोतका अनुसार रोमान्टिक लभस्टोरी फिल्ममा सलोनले अनमोलको साथीको भूमिका निर्वाह गर्नेछन् । ‘ए मेरो हजुर ३’मा सलोन सोहि भूमिकामा देखिएका थिए । भने, ‘ए मेरो हजुर २’मा अभिनेता सलिनमान बनियाँको साथिको रुपमा प्रस्तुत भएका थिए ।

यो सँगै सलोनले ‘ए मेरो हजुर’ सिरिजमा ह्याट्रिक पनि गरेका छन् । भनिन्छ ‘ए मेरो हजुर’ सिरिजका उनि सबैभन्दा बलियो खम्बा हुन् ।

सुनिलकुमार थापाले निर्माण गर्ने फिल्मको छायांकन फागुन १३ देखि सुरु हुने निर्देशक थापाले बताएकी छन् । यो फिल्मको रिलिज लक्ष्य दशैँ भनिएको छ । तर, निर्माण पक्षबाट आधिकारिक सुचना बाहिरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्