‘अर्जुन रेड्डी’को नेपाली रिमेक विशाल सापकोटाले निर्देशन गर्ने



रंगखबर, काठमाडौँ – तेलुगु फिल्म अर्जुन रेड्डीको नेपाली रिमेक बन्ने भएपछी नेपालमा यसको चर्चा चुलिएको छ । फिल्मको टिम कस्तो बन्ला भन्ने दर्शक माझ एक किसिम कौतुहलता छ ।

यसअघि फिल्ममा आर्यन सिग्देल फाइनल भएको खबर बाहिरिएको थियो । तर, आर्यन आफैले फिल्ममा नभएको पुष्टि गरिदिए ।

यस्तैमा निर्माण कम्पनि युवा फिल्मसले फिल्मको निर्देशक टुंगो लगाएको छ । ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटा नेपाली रिमेकका लागि फाइनल भएका हुन् ।

निर्देशकका साथै युवा फिल्मससँग सहकार्यका लागि जी २१ फिल्मसले हात बढाएको छ । अब दुई व्यानरबाट फिल्म निर्माण गरिनेछ । जी २१ ले यसअघि फिल्म दुई रुपैयाँ हिट दिइसकेको छ ।

रिमेकको लागि अहिलेसम्म कुनै पनि कलाकार तय भैसकेका छैनन् । अडिसन मार्फत कलाकारको टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्