निकितालाई देख्दा विराजले आँखा मारे झ्याम्मै



रंगखबर, काठमाडौँ – विराज भट्ट अभिनित फिल्म साङ्लोको दोस्रो गीत सार्वजनिक गरिएको छ । झ्याम्मै आँखा झ्याम्मै बोलको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डक फिचर्ड छन् ।

सुरेश अधिकारीको संगीतमा तयार डान्सिङ बिटमा विराज र निकिता मज्जाले जमेका छन् । निशान भट्टराईले शब्द रचना गरेको गीतमा अन्जु पन्त र स्वयम् भट्टराईको आवाज छ । गीतमा रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् ।

विराज आफैले निर्माण एवं निर्देशन गरेको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

एक्सन फिल्म शिवम अधिकारीले लेखेका हुन् । माघ २४ गते रिलिज हुने फिल्ममा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्