अलनेपाल ‘दि कर्मा’ सोलो रिलिज



रंगखबर, काठमाडौँ – आज शुक्रबारदेखि एक्सन फिल्म ‘दि कर्मा’ अलनेपाल प्रदर्शनमा आएको छ । नेपाल र भारत सिमानामा हुने घटनामा आधारित फिल्मले सोलो रिलिजको मौका पनि पाएको छ । अब हेर्न बाँकी छ, सोलो रिलिजको फाइदा कस्तो उठाउछ ।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मले रिलिज अगाडीको च्यारिटीमा सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसैले बक्सअफिस नतिजा पनि सकारात्मक नै आउने निर्माण टिमको विश्वास छ ।

जयराज रोयले निर्माण गरेको फिल्ममा नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दि तामाङ, करण वर्मा, जयराज रोय, संगीता नापित, अनुप सक्सेनालगायतका कलाकारको अभिनय छ । फिल्ममा पहिलो पटक परमिताले भिलेनको भूमिका निर्वाह गरेकी छन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माण छ । फिल्मको सह-निर्मातामा शारदा खड्का अर्याल छिन् ।

प्रतिक्रिया दिनुहोस्