‘सेल्फी किङ’को विषयबस्तु र विपिनको अभिनय उत्कृष्ट – प्रिमियर प्रतिक्रिया



रंगखबर, काठमाडौँ – यसै शुक्रबारदेखि रिलिज हुन् लागेको फिल्म ‘सेल्फी किङ’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । नयाँ बसपार्कको नयाँ संचालित आइएनआइ सिनेमाजमा सम्पन्न प्रिमियरमा फिल्मकर्मीको बाक्लो उपस्थिति रह्यो ।

फिल्म हेरेपछि फिल्मकर्मीको प्रतिक्रिया सकारात्मक शब्द खर्चिए । फिल्म सोचेभन्दा राम्रो बनेको धेरैले सुनाए । विशेष गरि शिर्ष कलाकार विपिन कार्कीको अभिनय र विषयबस्तुको बारेमा तारिफ बर्सियो ।

‘फिल्मले कलाकारलाई मात्र होइन, जुनसुकै प्रोफेसनको व्यक्तिलाई पनि छुन्छ’ अभिनेत्री केकी अधिकारीले भनिन् ।

‘विपिनले पुन: अभिनय मार्फत आफनो क्षमतालाई प्रष्ट्याएका छन् । अब्बल कलाकारको रुपमा आफुलाई पुष्टि नै गरे ।’ निर्देशक प्रदीप भट्टराईले विपिनको कामको प्रशंसा गर्दै भने ।

यस्तै निर्देशक दीपेन्द्र के खनालले विशाल सापकोटाको कामको तारिफ गरे । ‘विशालको पहिलो काम जस्तो लागेन । मलाई यस्तै खालको सरल र मन छुने फिल्म मन पर्छ । दर्शकलाई पनि मनपर्छ भन्ने आशा लिएको छु ।

विशाल सापकोटाले निर्देशन गरेको फिल्मले एक हास्यकलाकारको तीन दिने कथालाई उठाएको छ । फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायातका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्