‘आमा’ निर्मात्रीद्वारा केशव भट्टराई परिवारलाई सहयोग



रंगखबर, काठमाडौँ – स्वर्गीय फिल्मकर्मी केशव भट्टराई पत्नी रीना भट्टराईलाई फिल्म ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले सहयोग गरेकी छन् । आइतबार फिल्मको प्रेसमिटमा उनले १ लाख १००० नगद सहयोग गरेकी हुन् ।

गत मंसीरमा कलाकार, निर्माता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको असामयिक निधन भएको थियो । उनको मृत्युसँगै परिवार आर्थिक समस्यामा परेको छ । यो खबर पाएपछि निर्मात्री पाण्डेले रीनालाई सहयोग गरेकी हुन् ।

रकम सहयोग गरिसकेपछि पाण्डेले आफू पनि एउटी आमा भएकाले आमाको मर्म वुझ्ने बताइन । अहिले भट्टराई परिवारलाई अन्य फिल्मकर्मीले पनि सहयोग गरिरहेका छन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘आमा’ फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला, देशभक्त खनाल, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्