निफमा ‘बुलबुल’लाई ६ अवार्ड, कसले कति जिते ? (सुची)



रंगखबर, काठमाडौँ – नेपालबाट ओस्कार मनोनित फिल्म ‘बुलबुल’ले तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’मा आफ्नो वर्चश्व जमाएको छ । फागुन १ देखि ५ सम्म चलेको फेस्टिभलमा ‘बुलबुल’ले सर्वाधिक ६ विधामा अवार्ड जित्यो ।

नेपाल पनोरमा फिचर फिल्म तर्फ ‘बुलबुल’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, अभिनेता/अभिनेत्री जुरी विधाको अवार्ड जित्यो ।

राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थियटरमा आयोजना भएको फेस्टिभलमा ‘गोपी’ले तीन विधाको अवार्ड जित्यो । उत्कृष्ट अभिनेता, राष्ट्रिय/अन्तर्राष्ट्रिय जुरी र छायांकन विधाको अवार्ड कब्जा गर्यो ।

फेस्टिभलमा बलिउड निर्देशक प्रकाश झा प्रमुख अतिथि थिए । मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलोमकाइदो र थिबाउट ब्राकसहितको फिचर फिल्म निर्णायक समुहको नेतृत्व प्रकाश झाले गरेका थिए ।

यस्तै श्रीलंकन डकुमेन्ट्री फिल्मकर्मी अनोमा राजाकरुणाले डकुमेन्ट्री विधा तर्फको जुरी सदस्यको नेतृत्व गरेका थिए । उनलाई करण थापा र युनी हाडीले सहयोग गरेका थिए ।

अवार्ड विजेताहरु

नेपाल पनोरमा फिचर
फिल्म: बुलबुल
निर्देशक: बिनोद पौडेल – बुलबुल
पटकथा: बिनोद पौडेल – बुलबुल
अभिनेत्री: स्वस्तिमा खड्का – बुलबुल
अभिनेता: विपिन कार्की – गोपी
जुरी अवार्ड अभिनेता: मुकुन भुषाल – बुलबुल
जुरी अवार्ड अभिनेत्री: लक्ष्मी वर्देवा – बुलबुल
छायांकन: शैलेन्द्र डि कार्की – गोपी
जुरी फिल्म: गोपी

नेपाली सर्ट फिल्म जुरी: जुनुको जुत्ता (निर्देशक – केदार श्रेष्ठ)
अन्तर्राष्ट्रिय सर्ट फिल्म जुरी मेन्सन: अन्ना (युक्रेन)
नेपाली सर्ट फिल्म: कलम (निर्देशक – प्रविनकुमार राउत)
सर्ट फिल्म जुरी मेन्सनदि अदर हाफ (श्रीलंका)

डकुमेन्ट्री – माउन्ट एभरेस्ट अवार्ड: को हसबेण्ड (निर्देशक – गणेश पाण्डे) १ हजार अमेरिकी डलरसहित
एनीमेटेड – मन्जुश्री अवार्ड: स्प्रिट अफ दि ड्रइङ गर्ल (चिन) ७ सय अमेरिकी डलरसहित
अन्तर्राष्ट्रिय सर्ट फिल्म – बागमती अवार्ड: नुरी (भारत) ५ सय अमेरिकी डलरसहित

अन्तर्राष्ट्रिय फिल्म – गौतम बुद्ध अवार्ड: ट्रयाप (टर्की) १५ सय अमेरिकी डलरसहित

कसले कति अवार्ड जिते ?

६ अवार्ड: बुलबुल (नेपाल)
३ अवार्ड: गोपी (नेपाल)
१ अवार्ड: जुनुको जुत्ता (नेपाल), अन्ना (युक्रेन), कलम (नेपाल), दि अदर हाफ (श्रीलंका), को हसबेण्ड (नेपाल), स्प्रिट अफ दि ड्रइङ गर्ल (चिन), नुरी (भारत), ट्रयाप (टर्की)

प्रतिक्रिया दिनुहोस्