रिलिज भए ‘सेन्टी भाइरस’ र ‘आमा’, बक्सअफिस चलायमान बनाउने आशा



रंगखबर, काठमाडौँ – फिल्मकर्मीको आशा बोकेर फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ हलमा रिलिज भएका छन् । तिहार पछाडी सुस्ताएको नेपाली बक्सअफिस यी दुई फिल्मले चलायमान बनाउने आशा छ ।

हल संख्या र शोमा देखिएका दर्शकलाई हेर्दा दुवै फिल्म चल्ने छनक देखिएको छ । त्यसैमा महाशिवरात्री र शनिबारको विदाले अझ फाइदा पुर्याउने छ । नतिजा हेर्न विकेन्डसम्म त कुर्नै पर्यो ।

रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’मा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री जस्ता स्टार कलाकारको अभिनय छ । फिल्मले राजनीतिक कथाबस्तु पर्दामा उतारेको छ ।

यस्तै दीपेन्द्र के खनाल निर्देशित ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका अभिनयमा पोख्त कलाकारको अभिनय छ । फिल्मले सम्पूर्ण आमाको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्