फिल्म ‘प्रेम पूजा’ले खोज्यो १२ जना नयाँ कलाकार



अमरदीप सापकोटाले निर्देशन गर्ने फिल्म ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । इन्टरटेनमेन्ट वर्ल्डवाइड व्यानरले फिल्मको लागि १२ जना कलाकार खोजेको हो ।

अडिसन दिन चाहने इच्छुकले हालसालै खिचेको तीन प्रति फोटो र बायोडाटा [email protected] मा पठाउनु पर्नेछ ।

फिल्मको लागि १९-२५ उमेर समुहको मुख्य अभिनेत्री खोजी छ । जसको हाइट ५.४-५.६ इन्च हुनुपर्नेछ । यस्तै सहायक भूमिकाको लागि ५ जना महिला (१९-२५ उमेर समुह) र २०-३२ उमेरसम्मका ६ जना पुरुष कलाकारको आवश्यक रहेको निर्माण पक्षले बताएको छ ।

इच्छुकले नेपालसँगै संसार भरबाट अडिसनमा सहभागिता जनाउन सक्नेछन्।

महाशिवरात्रीको अवसरमा फस्टलुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म निर्माणको घोषणा गरेको थियो । अनुहार लुकाएका पुरुष कलाकार चित्रित उक्त फस्टलुकले राम्रो चर्चासमेत बटुल्यो ।

फस्टलुकमा दर्शकले देखाएको उत्सुकताले फिल्म राम्रो बनाउन दबाब बढेको र उत्कृष्ट फिल्म बनाउन कुनै पनि कसर बाँकी नराख्ने निर्माण पक्षले बताएको छ ।

अभिमन्यु निरवीले लेखेको फिल्म आगामी वर्षको विजया दशमीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्