दयाहाङको जोडी बन्दै भुटानी अभिनेत्री उगेन



रंगखबर, काठमाडौँ – फागुन २८ देखि छायांकनमा जाने फिल्म ‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेनले पनि अभिनय गर्ने भएकी छन् । निर्देशक दीपेन्द्र लामाले प्रेसमिट मार्फत उगेन फिल्ममा जोडिएको सुचना साझेदारी गरे ।

फिल्ममा उनले अभिनेता दयाहाङ राईसँग जोडी बाँध्नेछिन् । भुटानी फिल्मकी निर्मात्री एवं निर्देशक पनि रहिसकेकी उनले नेपाली फिल्ममा काम गर्न पाउँदा खुसि लागेको बताइन ।

‘भुटानमा विदेशी फिल्म प्रतिबन्ध भएपनि युट्युबका माध्यमबाट नेपाली फिल्म हेर्ने गर्छौँ । राजेश हमाल, पल शाह र दयाहाङ जस्ता अभिनेताको भुटानमा ठुलो क्रेज छ । भुटानीहरु नेपाली फिल्म निक्कै पन पराउँछन् ।’

आफुलाई दयाहाङको प्रशंसक बताउने उगेनले अगाडी थपिन ”कबड्डी’ हेरेपछि दयाहाङ राईको फ्यान भएँ । उहाँले अभिनय गरेका प्राय फिल्म हेरेकी छु । उहाँको ‘कबड्डी’ र ‘घामपानी’ निक्कै मन पर्छ । उहाँसँगै स्क्रिन शेयर गर्न पाउनु र केहि कुरा सिक्ने अवसर पाउनु मेरो लागि सौभाग्यको कुरा हो ।’

किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’मा दयाहाङ र उगेनका अलावा पल शाह र वर्षा राउतको मुख्य भूमिका रहनेछ

सुसन प्रजापतिले खिच्ने फिल्म आगामी वर्षको जनैपुर्णिमामा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्