कोरोनाको कारण ‘म यस्तो गीत गाउँछु २’को रिलिज स्थगित



रंगखबर, काठमाडौँ – फागुन ३० गतेको रिलिज तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को रिलिज स्थगित गरिएको छ । यसको मुख्य कारण देशमा बढ्दो कोरोना भाइरसको त्रास हो ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले प्रेस विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज स्थगन गरेको हो । नेपाल सरकारले कोरोना विरुद्द सतर्कता अपनाउदै देशमा कुनै पनि किसिमका भिडभाड हुने कार्यक्रम आयोजना नगर्न आदेश दिएको छ । फलस्वरूप नेपाल चलचित्र निर्माता संघले पनि प्रेस विज्ञप्ति मार्फत कुनै पनि फिल्मको छायांकन रोक्न आदेश दिइसकेको छ ।

कोरोना भाइरसको उच्च जोखिम हलमा पनि हुने भन्दै ‘म यस्तो गीत गाउँछु २’को रिलिज स्थगित गरिएको हो । नेपाल सरकारको अर्को विज्ञप्ति नआउँदासम्म फिल्म रिलिज नहुने सुदर्शन थापा प्रोडक्सनको विज्ञप्तिमा लेखिएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।

सांगीतिक प्रेमकथामा आधारित फिल्मले रिलिज अगाडी राम्रो हाइप बनाएको थियो । त्यसैले बक्सअफिसमा पनि राम्रो व्यापार गर्ने आँकलन गरिएको थियो ।

निर्माण पक्षले कोरोना विरुद्द सतर्कता अपनाउदै रिलिज स्थगित गरेपछि थुप्रै फिल्मकर्मीले राम्रो कार्य गरेको भन्दै बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्