बलिउड छिर्यो कोरोना भाइरस, कनिका कपूरलाई संक्रमण



भारतमा २ सय बढी मानिसमा देखिएको कोरोना भाइरस ‘कोभिड-१९’ले बलिउड प्रवेश गरेको छ । अहिलेसम्म बलिउडका कुनै पनि व्यक्ति कोरोनाको संक्रमणमा थिएनन् ।

शुकबार गायिका कनीका कपूरलाई कोरोना पोजेटिभ देखिएको हो । उनि मार्च ९ तारिखमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनि लखनउमा रहेकी आफ्नो आमाकोमा पुगेकी थिइन् ।

लण्डनबाट फर्किएको ११ औँ दिनमा उनलाई कोरोना देखिएको भारतीय मिडियाले लेखेका छन् । कनिका आफ्ना बच्चाहरुलाई भेट्न केहि समय अगाडी लण्डन पुगेकी थिइन् ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले लखनउस्थित हस्पिटलको आइसोलेसनमा राखिएको छ ।

‘बेबी डोल’ गीत गाएर चर्चामा आएकी कनिकाले ‘लभली’, ‘चिटिया कलैयाँ’, ‘देसी लुक’, ‘टेडी बियर’, ‘लभ लेटर’ जस्ता हिट नम्बर दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्